पाँच पटक आईपीएल जितेका पोलार्डले अब नखेल्ने, बने मुम्बईको ब्याटिङ प्रशिक्षक

काठमाडौँ - विस्फोटक ब्याट्सम्यान कायरन पोलार्डले अब इन्डियन प्रिमियर लिग(आईपीएल क्रिकेट नखेल्ने भएका छन्। ५ पटक आईपीएल जितेका पोलार्ड अब मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकका रूपमा देखिने छन्।

पोलार्ड १३ वर्षयता मुम्बई इन्डियन्सका लागि खेलिरहेका थिए। पोलार्ड आईपीएलमा एउटै फ्रेन्चाइजमा बिताउने थोरै खेलाडीमा पर्छन्। अन्यमा रोयल च्यालेन्जर्स बैंगलोरका विराट कोहली, कोलकात्ता नाइट राइडर्सका सुनिल नारिन, मुम्बई इन्डियन्सकै जसप्रित बुमराह रहेका छन्। लासिथ मालिंगाले पनि मुम्बईका लागि मात्र खेलेका थिए।

३५ वर्षीय पोलार्डले गत अप्रिलमा मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×