'पिस एन्ड युनिटी अ म्युजिकल टुर २०२२' आयोजना हुने

काठमाडौँ l एप्रीलबाट जुनसम्म 'पिस एन्ड युनिटी अ म्युजिकल टुर २०२२' आयोजना हुने भएको छ। यो सांगीतिक यात्रा जापानबाट सुरु भएर युरोपका केही देश हुँदै युएसएमा गएर सकिनेछ l यात्रामा गायक संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्रधान र गायिका द्वय मेलिना राई र तृष्णा गुरुङ रहनेछन् l पिस एण्ड युनिटिका अध्यक्ष मनिष श्रेष्ठले यो कुराको जानकारी दिएका हुन् l कार्यक्रम चिल्ड्रेन वेलफेयर नामक संस्थाको च्यारीटीको लागि आयोजना गरिन लागेको हो l किरण श्रेष्ठको आयोजनामा हुन गइरहेको कार्यक्रमको नाफाको ८०% रकम पिस एण्ड ब्युटिफुल चिल्ड्रेन वेलफेयर नामक संस्थालाई दान गरिनेछ l प्रत्येक वर्ष आयोजना हुने कार्यक्रम कोरोनाका कारण  रोकिएको थियो l

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×