काठमाडौँ - यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ। यो मच्छिन्द्रको लगातार दोस्रो लिग उपाधि समेत हो। लिगमा इतिहास बनाएको टिम मनाङ मस्र्याङदी क्लब भने यसपटक पाँचौं स्थानमा रहनुपर्यो।
यसपालि असफल भए पनि मनाङ लिगको सर्वाधिक सफल टिम हो। मनाङले आठपटक लिगमा उपाधि जितेको छ। मनाङको यो कीर्तिमान तोड्न निकै कठिन पनि छ। दोश्रो धेरै जित्ने टिम हो आरसीटी। आरसीटीले भने ६ पटक उपाधि जितेको छ।