मिलान डर्बीमा एसी मिलानको जीत

काठमाडौँ - इटालियन सिरी ए फुटबलको मिलान डर्बी भिडन्तमा एसी मिलानले इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराएको छ। शनिबार राती भएको खेलमा मिलान १-० गोलले पछि रहेको नतिजालाई उल्टाउँदै जित निकालेको हो।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन राफल लियोले २ गोल गरेका थिए। त्यस्तै ओलिभर जिरुडले १ गोल गरे। यता इन्टरका लागि मार्सेलो ब्रोजोभिक र इडिन जेकोले १-१ गोल गरेका थिए।

खेलको २१ औं मिनेटमा ब्रोजोभिकले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। मिलानका लागि राफेलले खेलको २८ औं मिनेटमा गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा ल्याए। ओलिभर जेरुडले खेलको ५४ औं मिनेटमा गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए। ६० औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-१ को अग्रता दिलाए।

इन्टरका लागि जेकोले ६७ औं मिनेटमा गोल गरेपनि मिलानले ३-२ गोलको जित हात पार्यो। जितसँगै मिलान ५ खेलमा ११ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

पराजित इन्टर ९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×