कंगना रनावतसँग बिहे गर्न अनिल कपुरले श्रीमतीलाई छाड्ने

काठमाडौँ। ६५ वर्षीय अभिनेता अनिल कपुरको बारेमा हालसालै सामाजिक सञ्जालमा उनको डिभोर्स हुन लागेका खबर आइरहेका छ। यसमा सबभन्दा चर्चा पाएको कुरा त, अनिलले बलिउड अभिनेत्री कंगना रनावतसँग बिहे गर्नका लागि सुनितालाई छाड्न लागेका भन्ने खबरले हो।

तर के यो खबर साँचो हो त? 
भारतीय सञ्चारमाध्यम जिन्युजका अनुसार यो खबर साँचो त हो। तर होइन पनि। खासमा यो खबर करन जौहरको 'कफी विद करन' कार्यक्रमबाट फैलिएको हो। कार्यक्रमको तेस्रो सिजनमा अनिल कपुर, सञ्जय दत्त र कंगना रनावत पाहुनाका रूपमा आएका थिए। त्यसमा करनले अनिललाई र्‍यापिड फायर खेल्ने क्रममा सोधेका थिए- तपाईं कुन महिलासँग बिहे गर्न पाए आफ्नी श्रीमती सुनितालाई छाड्न सक्नुहुन्छ? अनिलले आफूसँगै उपस्थित कंगनालाई देखाउँदै उनको नाम लिएका थिए। यही कुरालाई लिएर अहिले अनिल कपुरले श्रीमतीलाई छाडेर कंगनासँग बिहे गर्न लागेको खबर छापिएका छन्। यो कुरा कार्यक्रमममा मजाकका रूपमा आएको हो। यसमा कुनै सत्यता छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×