काठमाडौँ - १० खेलाडीमा सीमित ओसासुनासँग १-१ गोलको बराबरी खेल्दै रियाल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ। खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियाल ३ अंकबाट टाढा रहेको हो। रियालले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
रियलका भिनिसियस जुनियरले गोल गरेका थिए। ओसासुनाका किके गार्सियाले बराबरी गोल फर्काएका थिए। खेलको ४२औं मिनेटमा भिनिसियसले गोल गरे। ५०औं मिनेटमा किकेले बराबरी गोल गरेका थिए।
बराबरीसँगै रियाल १९ अंक सहित दोस्रो स्थानमा रहेको छ। समान अंक भएपनि बार्सिलोना शीर्ष स्थानमा रहेको छ। ओसासुना छैटौं स्थानमा रहेको छ।