विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

काठमाडाैँ - कतार विश्वकप फुटबलमा शनिबार विश्वकप सेमिफाइनल सममीकरण पूरा हुँदैछ। शनिबार क्वाटरफाइनलका अन्तिम २ खेलहरू हुँदैछन्।

शनिबार हुने पहिलो तथा जारी संस्करणको तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा साविक च्याम्पियन फ्रान्सले इंग्ल्यान्डको सामना गर्दैछ। अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजेबाट सुरु हुने छ। दुवै टिम जित निकाल्दै अन्तिम ४ मा पुग्ने प्रयासमा हुने छन्।

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वाटरफाइनल पुगेको थियो। भने पोर्चुगलले स्विट्जरल्यान्डमाथि आधा दर्जन गोल गर्दै अन्तिम ८ मा पुगेको थियो।

यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ मा सुरु हुनेछ। साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन्।

फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएर क्वाटरफाइनल प्रवेश गर्दा इंग्लिस टिमले सेनेगललाई पाखा लगाएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×