अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै सेमिफाइनल दौडबाट बाहिरिएको छ । आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले हरायो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९१ रन बनाए । तर, अर्को इन्डबाट लगातार विकेट खसिरहँदा नेपाल लक्ष्यसम्म पुग्न सकेन ।

नेपाल ४०।१ ओभरमा अलआउट भएको छ । अर्जुन अन्तिम विकेटका रूपमा आउट भए । उनले १०८ बलमा १३ चौका प्रहार गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×