आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट 

इलाम - सूर्योदय नगरपालिका–८ पाल्टाङ्गेस्थित सुभाकर पुरासैनीको घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा नगद ७० हजार रूपैयाँ, घरमा रहेको कस्मेटिक पसल, फर्निचर लगायतका सामान जलेर करिब ९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×