ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

लमजुङ-राइनास नगरपालिका वडा नं ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ। बुधबार नगरपालिका वडा नं ५ तीनपिप्लेबाट वडा नं ६ धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। 

त्यस्तै राइनासकै सोही ट्रयाक्टर चालक १९ वर्षीय दिपक परियार र ट्याक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु राइनासकै स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् घर फिर्ता भएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×