विश्वकप छनोट: पहिलो खेलमा टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं - आजबाट नेपालमा सुरु भएको टी-२० विश्वकप फाइनल एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने छ ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् । आयोजक नेपाल समूह ‘ए’मा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् । समूह ‘बी’मा यूएई, बहराइन, कुबेत र हङकङ छन् ।

नेपाली टोलीमा आज सन्दीप लामिछाने पनि सहभागी छन् । सन्दीपले त्रिकोणात्मक सिरिज खेलेका थिएनन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×