काठमाडौँ- क्रिष्टल प्यालेस र लिड्स युनाइटेडले इङ्लिस प्रिमियर लिग अन्तर्गत ३३औँ चरणको खेलमा गोलरहीत बराबरी खेलेका छन्। सोमबार राति लन्डनमा भएको खेलमा दुबै टोलीले गोलका केही अवसर सृजना गरेपनि त्यो अवसरको सदूपयोग गर्न सकेनन्।
सिजनको अन्त्यतिर आइपुग्दा दुबै टोली रेलिगेशन क्षेत्रबाट टाढिने परिस्थितिमा छन्। क्रिष्टल प्यालेसले ३८ अंकसहित १४औँ स्थानमा छ। लिड्सले ३४ अंक सहित १६औँ स्थानमा छ। जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा एभर्टन, वाटफोर्ड र नर्विच रेलिगेशन क्षेत्रमा छन्।