बक्स अफिसमा सिद्धार्थ-अजयको 'थ्याङ्क गड'को कमजोर प्रदर्शन

काठमाडौँ - सिद्धार्थ मल्होत्रा ​​र अजय देवगन अभिनित बलिउड चलचित्र 'थ्याङ्क गड' सिनेमा हलमा रिलिज भएसँगै राम्रो प्रतिक्रिया पाएको छ। यद्यपी मंगलवारबाट भने यस चलचित्रले मिश्रित प्रतिक्रिया पाएको थियो।

चलचित्रले पछिल्ला दिनमा भने दर्शकको मन जित्न नसकेको विश्लेषण हुन थालेको छ। चलचित्रले दोस्रो दिन टिकटबाट ६ करोड कलेक्सन गर्न सफल भएको छ भने २ दिनको कुल कमाई १४ करोड १० लाख पुगेको छ।

भारतका ट्रेड एनालिस्ट तथा चलचित्र विश्लेषक तरण आदर्शले आफ्नो सोशल मिडिया खातामा चलचित्रको बक्स अफिसको कमाइ शेयर गरेका छन्। उनका अनुसार मंगलवार ८.१० करोड रुपैयाँ कमाएकोमा चलचित्रले बुधवार ६ करोडमात्रै कमाएको हो।

बलिउड सुपरस्टार अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘राम सेतु’ सँगको टक्कर चलचित्रको बक्स अफिस कम हुनुको एउटा कारण हुन सक्ने विश्लेषण गरिएको छ।  'थ्याङ्क गड' मा सिद्धार्थ र अजय बाहेक रकुल प्रीत सिंह पनि मुख्य भूमिकामा रहेका छन्।

अक्टोबर २५ मा रिलिज भएको चलचित्रलाई चर्चित चलचित्र निर्माता इन्द्र कुमारले निर्देशन गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×