झापाका विद्यालयमा खोप लगाउन थालियो

काठमाडौँ - झापाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ।

दुई हप्ताअघि कोभिड–१९ का कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि आजदेखि २० गतेसम्म सञ्चालनमा ल्याइएको छ। झापाका ३६० सामुदायिकसहित झण्डै ७५० विद्यालयका विद्यार्थीलाई फाइजर खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य छ। पालिकाहरूमा एक लाख १० हजार डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुईँटेलले जानकारी दिए।

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीका अनुसार नगरमा २३ खोप केन्द्र तोकिएको छ। जिल्लाका विभिन्न स्थानमा दुवै खोप लगाएका व्यक्तिलाई बुस्टर डोज दिन थालिएको छ। प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र सरकारी अस्पताललाई खोप केन्द्र तोकिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×