कुवेतमा नवयुग नेतृत्वको नेपाली फुटबल टिमको अभ्यास सुरु

काठमाडौँ - एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास थालेको छ। कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादीस्थित अल शवाव स्टेडियममा आइतबार पहिलो दिनको अभ्यास सत्र पूरा गरेको हो। 

नेपालले स्थानीय समयअनुसार आइतबार बेलुकी ७ बजे (नेपालमा पौने १० बजे) अभ्यास गरेको छ। नेपाली टिम केही समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवेत पुगेको थियो। कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जहाँ टिमोरसँग २–२ र श्रीलंकासँग १–१ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २–० ले पराजित भएको थियो। 

यसपछि नेपाली टिम शनिबार कुवेत पुगेको थियो। नेपालले सोमबार पनि सोही मैदानमा अभ्यास गर्नेछ। स्थानीय समयअनुसार बेलुकी ७ बजे शुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन्।  

समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ। हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुने छ। 

नेपाली टिमको नेतृत्व नवयुग श्रेष्ठले गरिरहेका छन्। उनले पहिलो पटक नेपाली टिमको नेतृत्व गर्ने अवसर पाएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×