काठमाडाैँ - कतार विश्वपको फाइनलसँग जुध्ने भन्दै बीबीसी बर्षको उत्कृष्ट ब्यक्तित्व अवार्ड सर्ने भएको छ। बीबीसीले जहिलेपनि डिसेम्बर १८ मा यो अवार्ड कार्यक्रम गर्ने गरेको थियो।
तर यो पटक सोहि दिन कतार विश्वकपको फाइनल परेकाले बीबीसीले सार्ने भएको हो। पछिल्लो ४० बर्षमा बीसीसीले पहिलो पटक अवार्डको मिती सार्न लागेको हो।
यो पटकपनि यसअघिकै मितीमा गर्ने योजना भएपनि कतार बिश्वकपको फाइनलका कारण सार्नुपर्ने भएको हो।
अघिल्लो सिजनमा गारेथ साउथगेट बर्षको उत्कृष्ट प्रशिक्षक बनेका थिए भने इंग्ल्याण्ड टिम बर्षको उत्कृष्ट टिम बनेको थियो। साउथगेट २०१८ मा पनि उत्कृष्ट प्रशिक्षक बनेका थिए।
बीबीसीले बर्षभरि सर्वाधिक राम्रो गर्ने खेलाडी, प्रशिक्षकलाई उत्कृष्ट पुरस्कारको सम्मान दिने गरेको छ।
यसमा बेलायतबाट खेल्ने खेलाडीलाई मात्र राखिने गरेको छ। यसअघि यो अवार्ड इमा राडुकानु, हेरी केन लगायतका विभिन्न खेलका खेलाडीले जितिसकेका छन।