काठमाडौं । सभामुख र राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग् घेटवार्ता गर्ने भएका छन् ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संसद्को बजेट बढाउने विषयमा आज दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउने भएका हुन् । सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई समेत भेट्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।
बजेट अभावले विधेयकहरूमा छलफल चलाउन कठिनाइ भएको, संसद्लाई कार्यालय समयभित्र सीमित गर्नुपरेको र प्रभावकारी रूपमा काम गर्न नसकिएको गुनासो संसदीय समितिका सभापति तथा पदाधिकारीहरूले गर्दै आएका छन् ।