कांग्रेस केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायतलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । छानबिन समिति बनाउन सहमति भएर कार्यदल गठन गरे पनि टीओआरमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच आ–आफ्नो अडान कायम रहँदा समिति बन्न सकेको छैन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×