‘ए मेरो हजुर ४’ को पहिलो गीत ‘फूलको थुङ्गा’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को पहिलो गीत ‘फूलको थुङ्गा’ शुक्रबार सार्वजनिक गरिएको छ। चलचित्र आउँदो नयाँ वर्ष अर्थात २०७९ साल बैशाख १ गते प्रदर्शन हुने तयारीमा रहेको छ। गीत बुढासुब्बा डिजिटलको युट्युबबाट सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा अनमोल केसी र सुहाना थापालाई देख्न सकिन्छ।

चलचित्रमा झरना थापाको निर्देशन तथा स्वर्गीय छेतन गुरुङको र झरना थापाको कथा रहेको छ। सुहाना इन्टरटेनमेन्टको व्यानरमा र सुनिल थापा प्रोडक्सनद्वारा निर्माण भएको चलचित्रमा झरना थापा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, मित्र डी. गुरुङको सम्पादन रहेको छ।

त्यसैगरि ‘फूलको थुङ्गा’ गीतमा कल्याण सिंहको संगीत, रबि मल्लको शब्द तथा सुगम पोखरेल र अस्मिता अधिकारीको आवाज रहेको छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×