पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित

काठमाडौँ - पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छिन्। वर्तमान नम्बर एक इगा स्वाएटेकले भने दोस्रो चरणमा स्थान बनाएकी छिन्।

चोटका कारण लामो समय मैदानबाहिर रहेकी सेरेना मंगलबार राति फ्रान्सकी हार्मोनी टानसँग ५-७, ६-१, ६-७(८-१०) को स्कोरमा पराजित भएकी हुन्। ४० वर्षीय सेरेनाले कीर्तिमानी २३ ग्रान्डस्लाम उपाधि जितिसकेकी छिन्। 

विश्व नम्बर एक इगा स्वेटेकले गएराति  क्रोएसियाकी जना फेटलाई ६-०, ६-३ को सहज स्कोरमा  पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी हुन्। यससँगै पोल्यान्डकी इगाले ३६औं खेलसम्म आफ्नो अपराजित यात्रालाई कायम राखेकी छिन्।

२०१९ की विजेता सिमोना हालेपले क्यारोलिना मुचोभालाई ६-३, ६-२ को स्कोरमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन्। १६औं वरीयताप्राप्त हालेपले अब क्रिष्टेन फ्लिपकेन्सविरुद्ध खेल्नेछिन्। 

दुईपटककी विजेता पेत्रा केभितोभाले इटालीको ज्यास्मिन पाओलिनलाई २-६, ६-४, ६-२ को सेटमा हराइन्। चौथो वरीयताप्राप्त पाउला बाडोसाले अमेरिकाकी लुइसा चिरिकोलाई ६-२, ६-१ को सेटमा हराएकी छिन्। पाचौँ वरीयताप्राप्त मारिया सकारीले पनि जो हिभेसविरुद्ध ६-१, ६-४ को सहज स्कोरमा विजय हासिल गरेकी छिन्। 

अमेरिकाकी १८ वर्षीया कोको गउफले रोमानियाकी एलिना-गाब्रिएला रोसलाई २-६, ६-३, ७-४ को स्कोरमा हराएकी हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×