गायक मोहन श्रेष्ठको कोसेली ’अरे क्यानाम’ 

काठमाडौं - गायक मोहन श्रेष्ठ र गायिका सहिमा श्रेष्ठको सुमधुर स्वरमा सजिएको ’अरे क्यानाम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा अमर बान्तुको शब्द रहेको छ भने राजन राज सिवाकोटीको संगीत रहेको छ ।

गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ । डान्सिङ भर्सनको यस गीतको राज आचार्य र सजिना श्रेष्ठबीचको अन्स्क्रिन प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा सहिमा श्रेष्ठ र प्रकाश बस्नेतको समेत अभिनय रहेको छ । नबराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।

सुरेन्द्र बसेल सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई गम्भीर बिष्टको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो । भिडियो गायिका श्रेष्ठको युट्युव च्यानल ’सहिमा श्रेष्ठ’ मार्फत सार्वजनिक भएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×