काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो)१६९ मत प्राप्त गरी विजयी भएका छन्।
उनका प्रतिस्पर्धि मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गरेका हुन्। अध्यक्ष पदमा सात मत बदर भएको थियो। तीन जना उपाध्यक्षमा देवान चाम्लिङ,, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका छन्। उनीहरू क्रमशः १२०, ११३ र १११ मत प्राप्त गरेका छन्। यस्तै, सचिवमा गणेश उप्रेती १४८ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत प्राप्त गरेका छन्। तीनजनाको सहसचिव पदमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुङ्गाना ९५ मत प्राप्त गरी विजयी भएका छन्। कोषाध्यक्षमा रेवतराज पुरी(गगन)ले ९३ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धि बन्दना झाँगडले ५७ मत मात्र प्राप्त गरेकी छन्। नौ पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका हुन् भने २९ जनाले उम्मेदवारी दिएका थिए।
मतदान प्रक्रियामा १९ अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ। गत मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको हो।