सिटीलाई प्रिमियर लिगको उपाधि

काठमाडौँ - म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ। आइतबार राति भएको सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३-२ को पुनरागमन जितसहित सिटी च्याम्पियन बनेको हो।

यससँगै सिटीले समग्र ३८ खेलबाट ९३ अंक बटुल्दै यो सिजनको प्रिमियर लिगको उपाधि जितेको छ। दोस्रो भएको लिभरपुलको भने सिटीको भन्दा एक अंक कम छ। 

घरेलु मैदान एतिहाड स्टेडियममा इल्के गुन्डागोनले दुई गोल गरेपछि सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लामाथि शानदार जित हासिल गरेको हो। सिटीका लागि अर्को एक गोल रोड्रीले गरेका थिए। एस्टन भिल्लाका लागि माटी कास र फिलिप कुटिन्होले एक एक गोल गरेका थिए। सिटीले पछिल्लो पाँच सिजनमा चौथो पटक लिग उपाधि हात पारेको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×