जेम्स मिलनर थप एक वर्ष लिभरपुलमै रहने

काठमाडौँ - लिभरपुल टिमका उपकप्तान जेम्स मिलनरले लिभरपुलसँगको सम्झौतामा एक वर्ष थपे गरेका छन्। उनी लिभरपुलमा आठौं सिजनका लागि तयारी गर्दैछन्।

३६ वर्षीय इंग्लिस मिडफिल्डर मिलनर सन् २०१५ मा फ्रि ट्रान्सफरमार्फत म्यानचेस्टर सिटीबाट लिभरपुल आएका थिए।

उनले अहिलेसम्म लिभरपुलका लागि २८९ खेलमा ६ उपाधि जितिसकेका छन्। जसमा प्रिमियर लिग, च्यामिपयन्स लिग, लिग कप र एफए कप सामेल छ।

एनफिल्डमा रहिरहनका लागि मिलनरले यसअघि पाउँदै आएको सेवा सुविधाको तुलनामा कम रकममा सम्झौता गरेको बताइएको छ।

‘म अर्को एक सिजनका लागि यहाँ रहन पाउँदा खुसी छु,’ मिलनरले भनेका छन्, ‘यो क्लबका लागि खेल्न पाउनुलाई मैले कहिल्यै हल्का रुपमा लिइनँ र लिने पनि छैन।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×