नानी अष्ट्रेलियन क्लब मेलबर्न भिक्ट्रीमा अनुबन्धित

काठमाडौँ - पोर्चुगिज विंगर लुइस नानी अष्ट्रेलियन क्लब मेलबर्न भिक्ट्रीमा अनुबन्धित भएका छन्।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वस्टार नानीलाई अष्ट्रेलियन ए लिग क्लब मेलबर्नले मंगलबार अनुबन्ध गरेको हो।

नानी २०२२-२३ को सिजनका लागि अनुबन्धित भएको क्लबले जनाएको छ। च्याम्पियन्स लिग विजेतासमेत रहेका नानीले पछिल्लो सिजन इटालियन सिरी बी क्लब भेनेजियाबाट खेलेका थिए।

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँगै युनाइटेडमा २००७ देखि २०१५ सम्म खेलेका नानीले १ सय ४७ खेलमा २५ गोल गरेका थिए। 

पोर्चुगलबाट नानीले युरोकप जितेका छन्। उनले राष्ट्रिय टोलीमा ११२ खेल खेल्दै २४ गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×