सक्रिय सङ्क्रमित पाँच हजार नाघे, आज ८१४ सङ्क्रमित थपिए

काठमाडौँ - पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ।

आज ५ हजार ४१५ नमूनाको परीक्षण गर्दा ८१४ सङ्क्रमित फेला परेका छन्। २हजार ७६२ नमूनाको आरटी पिसिआर परीक्षण गर्दा ५०९ र २ हजार ६५३ नमूनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

सङ्क्रमितमध्ये होम आइसोलेनमा ४ हजार ९८५, संस्थागत आइसोलेनसमा १५९, आइसियुमा ३८ र भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको छ। हालसम्म नेपालमा ९ लाख ७३७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। हालसम्म ९ लाख ७० हजार ६२५ सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ९६८ को मृत्यु भएको छ।

आज २९९ कोरोना सङ्क्रमणमुक्त भएका छन्। आज ११ हजार ५१३ ले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा हालसम्म २ करोड १५ लाख ६३ हजार ६५३ ले खोपको पहिलो मात्रा, २ करोड पाँच लाख ९२ हजार ४१६ ले खोपको पूर्ण मात्रा र ७२ लाख ७८ हजार ५५७ ले अतिरिक्त मात्रा लगाएको मन्त्रालयले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×