काठमाडौँ - कार्म स्टारर नयाँ फिल्म ‘अभिन्न’को गीत ‘मान्छे’ रिलिज भएको छ। लैनसिंह बाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’मा आधारित फिल्मको गीतमा कार्म फिचर्ड छन्।
रञ्जित गजमेरद्वारा संगीतबद्ध गीतमा राजीव सुनारको स्वर रहेको छ। फिल्म निर्देशक समेत रहेका प्रशान्त रसाइलीले गीत लेखेका हुन्। फिल्म दार्जिलिङमा छायांकन गरिएको हो।
बाङ्देलले २००८ सालमा लेखेको यो उपन्यासले दार्जिलिङ बजारमा डुलिरहने एक अपांग व्यक्तिले भोग्नुपरेको कारुणिक कथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरेको छ।