उल्भ्सलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लियो

काठमाडौँ - इंग्लिस प्रिमिर लिगमा उल्भ्सविरुद्ध म्यानचेस्टर सिटीले जित निकालेको छ। उल्भ्सको मोलिनियक्स रंगशालामा शनिबार राति सम्पन्न भएको खेलमा सिटीले ३-० को जित निकालेको हो।

सिटीलाई जित दिलाउन ज्याक ग्रिलिस, इर्लिङ हाल्यान्ड र फिल फोडेनले गोल गरेका थिए। खेलको पहिलो मिनेटमै डिब्रुएनाको पासमाग्रिसिले गोल गरेका थिए। त्यसपछि सिटीले बर्नान्डो सिल्वाको पासमा हाल्यान्डले १६औं मिनेटमा गोल थपेका थिए।

यता खेलको ३३औं मिनेटमा उल्भ्सका नाथन कोलिन्सले रातो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिएका थिए। पहिलो हाफमा २ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल थपेको थियो।

यो जितसँगै १७ अंक बनाएको सिटी तालिकाको शीर्ष स्थानमा रहेको छ। समान १७ अंक भएको टोटेनहम दोस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×