'अतरंगी रे'को पहिलो गीत 'चका चक' सार्वजनिक

भारत। बलिउड अभिनेता अक्षय कुमार, सारा अली खान र धनुषको आउँदो चलचित्र 'अतरंगी रे'को पहिलो गीत 'चका चक' रिलीज गरिएको छ। सारा अली खानले स्वयम् पनि आफ्नो सामाजिक सञ्जालमा गीत शेयर गरेकी छिन्। उनले क्याप्सनमा लेखेकी छिन् "बिहारकी छोरिको निस्कियो गीत। अब हरेक विवाहमा यहि बजाउनु। ग्यारेन्टी मजा आउनेछ। 'चका चक' रिलीज भएको छ। 'अतरंगी रे' २४ डिसेम्बरमा ओटिटि प्ल्याटफर्म डिज्नी प्लस हटस्टारबाट प्रदर्शनमा आउनेछ। गीतको कम्पोज ए आर रहमानले गरेका हुन्। श्रेया घोषालले यो गीतमा आवाज दिएकी छिन् भने गीतमा शब्द इर्शाद कामिलको रहेको छ। गीतको कोरियोग्राफ विजय गांगुलीले गरेका हुन्।
गीतको भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×