गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाले ल्याए दशैं तिहार गीत ‘दशैं आयो तिहारै आयो

काठमाडौं - गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको ’दशैं आयो तिहारै आयो ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा गीतकार रमेश दहालका शब्द ,राजेन्द्र बजगाइको सङ्गीत तथा मनोज परियारको एरेन्ज रहेको छ । 

दशैं तथा तिहार पर्वमा नेपाली युवाहरुको खुशीको अवस्थालाई निर्देशक पुजा ठकुरीले कलात्मक शैलीमा भिडियोमा देखाएकी छिन्। भिडियोको छायाङ्कन राम केसी,सम्पादन विनोद बम भने कोरियोग्राफ अनिल राईले गरेका हुन । भिडियोमा दिक्पाल कार्की,जुना कार्की लगायत अन्य यस गीत सँग आबद्धको पनि पहिलो पल्ट अभिनय देख्न सकिन्छ । 

गायिका पाण्डे भन्छिन दशैँ–तिहारको शुभकामना सहित यो दशैँ–तिहार गीत केवल गायिका पाण्डे भन्छिन । दशैँ–तिहारको शुभकामना सहित यो दशैँ–तिहार गीत केवल स्रोताहरुलाई समर्पण गर्दैछौ । जीवनमा म आफै पनि पहिलो पटक स्क्रिनमा देखिएकी छु । मेरो रहर सम्झेर मलाई हौसला दिनुहोला साथै, मैले गाएकी यस गीतमा आफ्नो मिहिनेत, समय, स्रोत र साधन समेत खर्च गर्नुभएकोमा सम्पूर्ण स्रष्टा लगायत प्राविधिक मित्रहरु सबैलाई धन्यवाद ।

गायिकमा आफ्नो सक्रियता बढाइरहेका गायिका पाण्डेले अहिलेसम्म दुई दर्जन बढी गीतहरू रेकर्ड गराइसकेकी छिन् अन्य नयाँ गीतहरू रिलिजको क्रममा रहेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×