कमेडीका लागि सिंखडाले खोले आफ्नै नामबाट युट्युव

काठमाडौँ - चर्चित हास्य कलाकार शैलेन्द्र सिंखडाले पनि आफ्नो आधिकारीक युट्युव च्यानल संचालनमा ल्याएका छन्। उनले एक भिडियो पोष्ट गर्दै आफुले आधिकारीक रुपमा युट्युब च्यानल ल्याएको जानकारी दिएका छन्।

‘विगत ४२ बर्ष अगाडिदेखि रंगमञ्च र अन्य माध्यमबाट मैले गाईजात्रे हास्य-व्यङ्ग्य कार्यक्रम गर्दै आएको छु’ सिंखडाले भने ‘यो वर्षबाट अर्कै रहर जागेर आयो। आफ्नै नामबाट युट्युव च्यानल खोलेर यहाँहरु समक्ष आएको छु।'

'अस्तव्यस्त सदा चुस्त, निरोगी बन्न जिन्दगी। सोचे हाँसो अचुक औषधि’ उनले अगाडि थपे ‘रोजे कर्म यसैलाई सोचेर मार्ग उत्तम।’ उनले दर्शकबाट सधै मायाको अपेक्षा रहेको समेत बताएका छन्।

यो बर्षको लागि आफुले तयार पारेको गाईजात्रे कमेडी आफ्नो च्यानल मार्फत २५ गते सार्वजनिक हुने उनले जानकारी दिएका छन्। ‘युट्युवमा गाईजात्रे प्रस्तुतिको अलवा अन्य ब्याङ्ग्यका प्रस्तुति समेत नियमित राख्ने छु’ उनले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×