काठमाडौँ - नेपालकी सिर्जना घिसिङले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्राँपीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन्। रियादमा भएको प्रतियोगितामा सिर्जनाले ५२ केजीमुनि के-४४ स्पर्धामा टर्कीकी मेरयम बेटुललाई १२-० ले सजिलै पराजित गरेकी हुन्।
केठुल विश्व वरीयताकी शीर्ष खेलाडी हुन्। सिर्जनाले क्वार्टरफाइनलमा मेक्सिकोकी जेसिका क्विजानो र सेमिफाइनलमा ब्राजिलकी क्रिस्टियन नासिमेन्टोलाई हराएकी थिइन्।
विश्व पारा तेक्वान्दो ग्राँपीमा नेपालले जितेको यो अहिलेसम्मकै पहिलो स्वर्ण हो। प्रतियोगितामा नेपालका तर्फबाट २ खेलाडीले भाग लिएका थिए। अर्की खेलाडी पेलेशा गोवर्द्धन भने ५७ केजी समूहको क्वार्टरफाइनलमा पराजित भइन्।