युगाण्डालाई १०२ रनको लक्ष्य

काठमाडौँ - नेपाल र युगाण्डाबीच जारी टी २० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले युगाण्डालाई १०२ रनको लक्ष्य दिएको छ। कीर्तिपुर टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको हो।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन बनाउँदा सरिता मगरले २२ रनको योगदान दिइन्। त्यस्तै कप्तान रुबिना क्षेत्रीले १७ रन बनाइन्। बलिङतर्फ युगाण्डका जेनेट एम्बाजीले २ विकेट लिँदा इभेलिन् एनिपो, कोन्की अवेको र रिता मुसमालीले समान १/१ विकेट लिएका हुन्।

युगाण्डा केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×