आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण

काठमाडौँ - एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ। यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो।

सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ। यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत (बजार मूल्य) पुग्ने प्रक्षेपण गरेको हो। एडीबीले विदेशी विनिमय सञ्चितिमा आएको गिरावट, मुद्रास्फीति, आयात प्रतिबन्धजस्ता कारणले सन् २०२३ मा नेपालको वृद्धिदर केही घट्ने प्रक्षेपण गरेको जनाएको छ। 

मुद्रास्फीति भने सामान्य घट्ने सो प्रतिवेदनमा उल्लेख छ, जसअनुसार सन् २०२२ मा ६.३ प्रतिशत र २०२३ मा ६.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ। खासगरी कडा मौद्रिक नीति, सामान्य किसिमको कृषि उत्पादन, खानेतेलको मूल्य घटेको र भारतमा समेत मुद्रास्फीतिमा सामान्य गिरावट आएकाले चालू आर्थिक वर्ष मुद्रास्फीति थोरै भए पनि घट्ने अपेक्षा गरिएको छ। 
गोरखापत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×