लोकेश संघात [गजल]

केही त गर सलामतको बहिर्गमन मजा हुँदैन
तिमी नभए पछि त घाउ पुरानिन्छन् मजा हुँदैन

हाम्रो माया जन्मायौ हुर्कायौ र जलायौ पनि
भो अब नचलाऊ अग्नि संग वचपन मजा हुँदैन

अझ्झै केही बेर उचालिन देऊ दुस्मनलाई
यत्ति त बुझ यार चिसो फलाममा घन मजा हुँदैन

नकुर्नु, आँसु सरह हुन् दिलबाट खसेका मान्छे पनि
एकोहोरो बाटो छ फर्किदैनन् मजा हुँदैन

संघात संग नाम नजोड्नू तिम्रै बदनामी होला
सेतो कपडा संग हिलोको बन्धन मजा हुँदैन

(स्याङ्जाका गजलकार लोकेश संघात समकालिन अवस्थाका लोकप्रिय गजालकरमध्ये एक हुन्।)

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×