समूह जी प्रिभ्यु: नकआउट चरणमा पुग्न सर्विया र स्वीट्जरल्याण्डको निर्णायक खेल

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज राति पौने १ बजे समूह जीका अन्तिम दुई खेल हुनेछन्। जसमा ५ पटकको च्याम्पियन ब्राजिल र क्यामरुन तथा दुई युरोपियन टिम सर्विया र स्वीट्जरल्याण्ड भिड्नेछन्।

ब्राजिल यसअघि नै समूहको २ खेल जित्दै अन्तिम नकआउट चरणमा पुगिसकेको छ। अब स्वीट्जरल्याण्ड, क्यामरुन र सर्बिया बाँकी १ स्थानको लागि प्रतिस्पर्धामा छन्। ब्राजिल २ खेलबाट ६ अंक सहित शीर्ष स्थानमा रहेको छ। स्वीट्जरल्याण्ड ३ अंकसहित दोस्रोमा छ भने क्यामरुन र सर्बियाको समान १ अंक छ।

अन्तिम १६ पुग्न कुन टिमलाई के चाहिन्छ?

ब्राजिल यसअघि नै नकबउट चरणमा पुगिसकेकोले खासै दबाब हुनेछैन। मुख्य खेलाडी नेइमारसहित डानिलो र अलेक्स सान्ड्रो चोटका कारण क्यामरुन विरुद्ध खेल्ने छैन्।

त्यसैले ब्राजिलले नकआउट चरण अघि अरु खेलाडीलाई अवसर दिने सम्भावना पनि छ। ब्राजिलका प्रशिक्षक टिटेले बेन्चमा रहेका खेलाडीलाई अवसर दिने बताएका छन्। टिममा रहेका २६ मध्ये ७ खेलाडीले अहिलेसम्म खेलेका छैनन्। दोस्रो रोजाईँका गोलकिपर एडरसन, भेट्रान डानी अल्भ्ज, फाविन्हो, एन्टोनी, गाब्रीएल मार्टिनेली लगायतले पहिलो रोजाईँमा खेल्ने सम्भावना छ।

क्यामरुन विरुद्ध बराबरीले पनि ब्राजिल समूह जी को विजेता बन्नेछ। क्यामरुन विरुद्ध ब्राजिल पराजित भए पनि अर्को खेल बराबरीमा सकिए ब्राजिल समूह विजेता बन्नेछ। क्यामरुनको लागि भने अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न जित नै आवश्यक छ। त्यसका लागि स्वीट्जरल्याण्ड पनि सर्वियासँग पराजित हुनुपर्नेछ।

स्वीट्जरल्याण्ड र सर्विया पनि अन्तिम १६ मा पुग्नका लागि निर्णायक खेल खेल्नैछन्। यी २ मध्ये जित्ने टिम अन्तिम १६ मा पुग्नेछ। स्वीट्जरल्याण्डले जित हात पारे सिधै अन्तिम १६ मा पुग्नेछ। सर्वियाले भने स्वीट्जरल्याण्डलाई पराजित गरेमा अर्को खेलको नतिजा पनि पर्खनुपर्नेछ। यदी ब्राजिलले क्यामरुनलाई पराजित गरे भने सर्विया जितसहित अन्तिम १६ मा पुग्नेछ।

स्वीट्जरल्याण्ड र सर्वियामा पराजित हुने टिम भने समूह चरणबाटै बाहिरिनेछ। यदी सर्विया र क्यामरुन दुवैले आफ्नो खेल जितेमा समान ४ अंक हुनेछ र यस्तोमा गोल अन्तर निर्णायक हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×