विश्वकप खेलिरहेका श्रीलंकन क्रिकेटर गुणथिलाका यौन हिंसाकाे आरोपमा पक्राउ

काठमाडौँ - टी-२० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुनाथिला सिड्नीमा पक्राउ परेका छन्। विश्वकप खेल्न गएका गुणथिलकालाई महिलामाथि यौन दुर्व्यबहार गरेको आरोपमा टोली बसेको होटलबाट पक्राउ गरिएको हो।

गुणथिलाकामाथि यो हप्ताको सुरुमा २९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई आइतबार सबेर हिरासतमा लिइएको हो। अनलाइन डेटिङ एपबाट कुराकानी गरिरहेका दानुष्का र ति महिला नोभेम्बर २ मा भेट गरेको बताइएको छ।

उनलाई अहिले सिड्नीस्थित सिटी पुलिस स्टेसनमा राखिएको बताइएको छ। दानुष्का टी-२० विश्वकपको पहिलो चरणपछि इन्जुरिका कारण टिमबाट बाहिरिएका थिए। टिमबाट बाहिरिए पनि उनी टिमका साथ अस्ट्रेलियामै थिए।

उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। श्रीलंकाले यस विश्वकपमा शनिबार ईङल्याण्डसँग पराजित भएपछि समुह चरणबाटै बाहिरिएको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×