काठमाडाैँ - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको दोस्रो सेमिफाइनलमा शुक्रबार दुई विभागीय डर्वीबीच भिडन्त हुँदैछ। टियू मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मीबीच भिडन्त हुन लागेको हो।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९:३० मा सुरु हुँदै छ।
पुलिस क्लब समूह ‘बी’ को विजेता तथा आर्मी समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। पुलिस क्लब समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुग्दा आर्मीले समूह चरणका ४ खेलमा ३ मा जित र १ खेलमा हार व्यहाेरेकाे थियो।
आज दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहँदा विजेता टिमले एपिएफसँग प्रतिस्पर्धा गर्नेछ।
एपीएफ क्लब पहिलो सेमिफाइनलमा बिहीबार मधेश प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगिताको विजेताले १० लाख नगद प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन्।