‘जेरी’को अभिनयमा नयाँ गीत ‘वरपिपल’ रिलिज

काठमाडौँ - ‘वरपिपल’ शीर्षकमा एक वियोगान्त गीत सार्वजनिक गरिएको छ। बिहीवार यूट्युबमा सार्वजनिक गीतमा अलिफ खान र पूजा देवकोटाको स्वर रहेको छ।

गणेश अधिकारीको शब्द रहेको गीतलाई गायक अलिफ स्वयंले संगीत दिनुका साथै एरेन्ज गरेका हुन्। मदन खड्काको कथा एवं निर्देशनमा तयार भिडियोमा बबिता बानियाँ ‘जेरी’ले अभिनय गरेकी छिन्।

उनका साथमा राजु डिसीसँगै गायक-गायिका अलिफ र पूजा फिचर्ड रहेका छन्। करन चैसिरको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो ‘अलिफ खान’ यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

पछिल्लो समय डिभोर्सका कारण थप चर्चामा रहेकी बबिता बानियाँको शब्द एवं अभिनयमा केही दिनअघि ‘चोट’ शीर्षकको गीत सार्वजनिक भएको थियो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×