काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन आफूले जोड दिएको बताएका छन्।
भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले सो परियोजना उक्त क्षेत्रको विकासका लागि गेम चेन्जर साबित हुने बताएका छन्। देउवालाई नेपालका परिपक्व प्रधानमन्त्री भनेका मोदीले उनले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायउने विश्वास व्यक्त गरे।
मोदीले कुनै पनि अवाञ्छित तत्वले नेपाल र भारतको भूमि प्रयोग गरेर गतिविधि गर्न नपाओस् भन्नेमा आफूहरू सचेत रहेको पनि बताएका छन्। मोदीले नेपालको शान्ति, विकास र प्रगतिमा भारत सधैँ साथमा रहेकोमा ढुक्क हुनसमेत अनुरोध गरेका छन्।