काठमाडौँ । प्रमुख सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न गरेको छ।
मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म चार पालिकामा अधिवेशन सम्पन्न गरेको हो। माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टका अनुसार पाटन र पुर्चौडी नगरपालिका तथा दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ। पाटनमा तर्क ठगुन्नाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा पूजा भट्ट, कृष्ण भाट र कृष्ण पन्त चयन भएका छन्। नगर कमिटीको सचिवमा गजेन्द्र बोहरा, सहसचिवमा केशव भट्ट र कोषाध्यक्षमा चन्द्रा पाण्डेय छनोट भएका छन्।
यस्तै, पुर्चौंडीमा आनन्दसिंह धामीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ। कमिटीको उपाध्यक्षमा उज्जलसिंह साउद, लीला जोशी र मने लुहार, सचिवमा धर्मानन्द बडु, सहसचिवमा नीराजन ढुङ्गाल र कोषाध्यक्षमा पुष्कर विष्ट चयन भएका हुन्। दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको संयोजक भट्टले जानकारी दिए। उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड र सहसचिवमा जयन्त विष्टलाई चयन गरिएको छ।
यसैगरी, सिगासमा प्रकाश साउदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा उद्धव धामी, लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रवीन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी र सहसचिवमा दानसिंह साउद चयन भएका छन्। जिल्लाका अन्य पालिकामा मङ्सिर २५ गते अघि नै पालिका सम्मेलन सम्पन्न गरिने माओवादी केन्द्र बैतडीले जनाएको छ। राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ।
माओवादी केन्द्रले मङ्सिर २५ गते सातै प्रदेशमा तथा आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ।