काठमाडौँ। कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपमा इटाली र पोर्चुगलमध्ये एक टिमले मात्रै सहभागिता जनाउने भएका छन्।
शुक्रबार भएको युरोपियन प्लेअफको समूह विभाजनमा युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका छन्। प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह ‘सी’ रहेका छन्। यस्तोमा अब एक राष्ट्रले मात्र विश्वकप खेल्ने तय भएको छ। खेल तालिका अनुसार प्लेअफको पहिलो खेल जित्ने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
इटालीले प्लेअफको पहिलो खेलमा नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ। क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले टर्कीको सामना गर्नेछ।