दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा, वेष्ट इण्डिज बाहिरियो

काठमाडौं । जारी टि–२० विश्वकपमा अपराजित रहँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) बिहान भएको वर्षा प्रभावित खेलमा आयोजक वेष्ट इण्डिजलाई डक वर्थ लेविस मेथर्डमा ३ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका चौथो पटक टि–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । यो उसको १० वर्षपछिको सेमिफाइनल यात्रा हो । वेष्ट इण्डिजले दिएको १३६ रनको लक्ष्य पछ्याउँदा दोस्रो ओभर सकिएपछि खेल वर्षाले अवरुद्ध भएको थियो । एक घण्टा बढी खेल वर्षाले अवरुद्ध भएपछि खेल १७ ओभरमा झारिएको थियो । दक्षिण अफ्रिकाले १२३ रनको नयाँ लक्ष्य पाएको थियो ।

दक्षिण अफ्रिकालाई जित दिलाउन ट्रिस्टन स्टब्सले सर्वाधक २९ रन बनाए । उलने २७ बलमा ४ चौका प्रहार गरे । यस्तै, हेनरिच क्लासनले १० बलमा ३ चौका र १ छक्का मद्दतमा २२ रन बनाउँदा मार्को यान्सनले १४ बलमा २१ र कप्तान एइडन मारक्रमले १८ रन बनाए ।

बलिङमा वेस्टइन्डिजका रोस्टन चेसले ३ ओभरमा १२ रन मात्र खर्चेर ३ विकेट लिए भने अल्जारी जोसेफ र आन्द्रे रसेलले समान २ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले रोस्टन चेसले अर्धशक बनाए पनि अन्यले गतिलो योगदान दिन नसक्दा ८ विकेटको क्षतिमा १३५ रन बनायो । चेसले ४२ बलमा ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए । यस्तै, कायल मेयर्सले ३४ बलमा ३ चौका र २ छक्का मद्दतमा ३५ रन बनाए ।

यी दुई बाहेक आन्द्र रसेलले १५ र अल्जारी सोजेफले ११ रन बनाउँदा अन्यले दोहोरो अंकमा स्कोर बनउान सकेनन् । वेष्ट इण्डिजको इनिङ धरासायी बनाउने क्रममा दक्षिण अफ्रिकाका तब्रिज साम्सीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने मार्को यान्सन, मारक्रम, केशव महाराज र कगिसो रबाडाले समान १ विकेट लिए ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार ७ खेलेको जितेको छ । उसले समूह चरणमा ४ र सुपर ८मा ३ खेल जित्यो । ऊ सुपर ८को समूह २बाट विजेताका रुपमा सेमिफाइनल पुगेको हो । उसले सेमीमा अस्ट्रेलिया र अफगानिस्तानमध्ये एकसँग खेल्नेछ । आयोजक वेष्ट इण्डिजमा भने सुपर ८ मा १ खेल मात्र जित्दै तेस्रो भयो । यो समूहका इङल्याण्ड उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×