काजल अग्रवालले पाइन् युएईको गोल्डेन भिसा

भारत। दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालले युएईको गोल्डेन भिसा पाएकी छिन्। अभिनेत्रीले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी हुन्।

युएईको गोल्डेन भिसा पाउँदा आफू खुसी भएको उनले जनाएकी छिन्। साथै उनले आफू जस्ता कलाकारलाई युएईले सधैँ ठूलो हौसला प्रदान गर्ने गरेको बताएकी छिन्।

सञ्जालमा उनले लेखेकी छिन् 'युएईको गोल्डेन भिसा पाएकोमा खुसी छु। हामीजस्ता कलाकारका लागि यो देशले सधैँ ठूलो हौसला दिएको छ। युएईप्रति कृतज्ञ छु र भविष्यको सहयोगका लागी तत्पर पनि।' अभिनेता संजय दत्तले पनि युएईले गोल्डेन भिसा पाएका थिए।

युएई सरकारले २०१९ मा नयाँ भिसा प्रणालीको घोषणा गरेको थियो। जसअनुसार विदेशी नागरिकलाई युएईमा काम गर्न, अध्ययन गर्न आवश्यकताअनुसारको लामो समयको लागि भिसा दिने नियम बनाइएको थियो। सोहि भिसालाई गोल्डेन भिसा भनिएको हो। जानकारीका अनुसार यसको अवधि १० वर्ष हुनेछ।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×