काठमाडौँ - एकीकृत समाजवादीका शीर्ष नेताहरु एमसीसीको सम्झौताबारे छलफलमा जुटेका छन्।
अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेका हुन्।
नेपालले शुक्रबार बिहान धनगढीबाट काठमाडौँ आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। छलफलमा पार्टीका नेताहरु झलनाथ खनाल, गंगालाल तुलाधर, विरोध खतिवडालगायत उपस्थित छन्।