काठमाडौं । पार्टी भित्रको विवादका बीच नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टीका महासचिव गंगाराम चौधरीले चैत २३ र २४ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए ।
पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।
बैठक काठमाडौँस्थित पार्टी कार्यालयमा बस्ने भएको हो ।
सो पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबिच आन्तारिक विवाद उत्कर्षमा पुगेकै बेला बैठक बोलाइएको हो ।
संरक्षक चौधरीले केन्द्रीय समिति बैठकले गर्ने निर्णयका आधारमा पार्टी अघि बढ्ने बताए ।
पार्टीको बैठकमा भएको कुटाकुटबारे सोमबार पत्रकारहरूसँग कुरा गर्दै संरक्षक चौधरीले आउँदो केन्द्रिय बैठकले छानिछानी कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन् ।
यसैबीच नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्षमाथि कारबाही भएको छ ।