५ हजार ६४४ उद्योगलाई विदेशी लगानीको स्वीकृति

काठमाडौँ - नेपालमा हालसम्ममा पाँच हजार ६ सय ४४ ओटा उद्योगलाई विदेशी लगानी स्वीकृत गरिएको छ। जसमध्ये गत मङ्सिर महिनामा मात्र १६ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिइएको उद्योग विभागले जनाएको छ। विभागले गत कात्तिकमा पनि २४ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिएको थियो।

मङ्सिरमा स्वीकृति दिएका १६ ओटै उद्योग साना उद्योग हुन् भने कात्तिकमा एउटा ठुलो उद्योगलाई, ४ ओटा मझौला उद्योगलाई र १९ ओटा साना उद्योगलाई स्वीकृति दिइएको हो। मङ्सिरमा स्वीकृति दिइएका मध्यै २ ओटा उत्पादनमूलक, ८ ओटा पर्यटनमूलक र ६ ओटा सेवामूलक रहेका छन्। यसैगरी कात्तिकमा स्वीकृति दिइएका विदेशी लगानीहरुमा १२ ओटा पर्यटनमूलक, सेवामूलक १० ओटा, पूर्वाधार र सूचनाप्रविधि १/१ ओटा रहेका छन्। मङ्सिर महिनामा स्वीकृति पाएका १६ ओटा उद्योगहरूबाट ८४ करोड ९० लाख पुँजी लगानी गर्ने उद्योग विभागले जनाएको छ। 
राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×