सर्लाही - सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्। शनिबार राति धन्कौल गाउँपालिका-२, स्थित लंगडा पुलमा प्रदेश २-०३-०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका(३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परेर चौधरीको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थितभेनस अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
दुर्घटनामा कौडेना गाउँपालिका-५, का दिपेश मुखिया घाइते भएका हुन्। उनको भेनेस अस्पतालमा उपचार भइरहेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।