उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले १४० जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
लैंगिक समानता तथा महिला सशक्तिकरण क्षेत्र अन्तर्गत ज्येष्ठ नागरिक लक्षित बजेटबाट गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।
गाउँपालिकाले सिरक दिँदा राहत भएको रौतामाई गाउँपालिका(४ की ७५ वर्षीय बृद्धा गुणबहादुर मगरले बताइन्। न्यानो सिरक पाएपछि यो वर्षको जाडो कटाउनसक्छु भन्ने विश्वास बढेको बताइन् ।
रौतामाई गाउँपालिका ज्येष्ठ नागरिक संजालका अध्यक्ष छत्रबहादुर मगरले परिवारबाट अपहेलित भएकाको जनजीवन कष्टकर रहेकोले त्यस्ता व्यक्तिहरुप्रति कार्यक्रम लक्षित हुनुपर्नेमा जोड दिए ।
गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले जाडोमा जेष्ठ नागरिकको अवस्था हेरेर सहयोग गरेको बताए।