काठमाडौँ। दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ। लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो। घाइते चौधरीलाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। चौधरीलाई बनगैँ जङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिव सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। बिहानै बजारमा दुध छाडेर फर्कदै गर्दा बसले ठक्कर दिएको बताइएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।